२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘बोक्सीको घर’को प्रिमियरमा कलाकारहरुको तारिफ नै तारिफ



ललितखबर
१३ वैशाख । राजधानीमा चलचित्र बोक्सीको घरको प्रिमियर गरिएको छ । चलचित्र हेरेपछि सबैजसो प्रिमियरमा सहभागी कलाकारहरुले खुलेरै तारिफ गर्दै उत्कृष्ट भएको प्रतिकृया दिएका छन् ।
अभिनेत्रीहरुले चलचित्रकी कलाकार केकीको तारिफ गरे । अभिनेत्री दिपाश्री निरौलाले सहकर्मी अभिनेत्री केकी अधिकारीको प्रयास अव्वल रहेको बताइन् । उनले भनिन्, चलचित्र हेरेर रोए । अभिनेत्री अधिकारी जीवनको आरोह अवरोह बुझेको मान्छेको रुपमा चित्रण गर्दै जीवनलाई बुझ्ने कलाकारले मात्रै यस्तो चलचित्रमा काम गर्नसक्ने उनको भनाई थियो ।
अभिनेता भुवन केसी चलचित्र हेरेपछि धेरै दृश्यहरुका भावुक बनेको बताए । चलचित्रमा ठूलो सन्देश रहेको तर्क गर्दै अभिनेत्री केकी अधिकारीको कामको तारिफ गरे । चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका केसीले यस्ता चलचित्रलाई बोर्डले सहयोग गर्ने कोसिस गर्ने आश्वासन दिए ।
अभिनेत्री बेनिसा हमालले चलचित्र हेर्दा धेरै दृश्यहरुले मनै कटक्कै पारेको बताइन् । भनिन्, ‘चलचित्र हेरेपछि गर्व लागेको छ । निर्देशक सुलक्षण भारतीले नयाँ शैलीबाट कथा भनेका छन् ।’
चलचित्रकी कलाकार रमा थलेलियाले आफ्नो चलचित्र हेरेर आफै रौउकी बताइन् । ‘मेरो मन छोयो’,उनले भनिन् ।
अभिनेत्री निशा अधिकारी चलचित्र हेरेर रोएको बताइन् । ‘सहकर्मी केकी अधिकारीको चलचित्र हेर्दा गर्वको महसुस भयो ।’ उनले भनिन् ।
अभिनेत्री स्वस्तिमा खड्काले चलचित्रत्र हेर्दा मज्जा आएको बताइन् । उनले वाल कलाकार सुपला सापकोटाको अभिनयले मन छोएकी बताइन् । गौरी मल्लले समेत सुपलाको अभिनयको तारिफ गरिन् । भनिन्,‘नेपाली चलचित्र उद्योगमा एउटा राम्रो कलाकारको उदय भएको छ ।’
चलचित्र बोक्सीको घर अभिनेत्री केकी अधिकारीले निर्माण र अभिनयमा बनाइएको हो । चलचित्रको डेव्यु निर्देशक सुलक्षण भारतीले गरेका छन् ।
चलचित्र भवनमा थुप्रै अभिनेत्री र अभिनेतालगायत चलचित्रकर्मी,पत्रकार एवं सञ्चारकर्मी र शुभेच्छुकहरु प्रिमियरमा सहभागी भएका थिए ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  ४ : २३ बजे