२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अब सरकारी स्वास्थ्यकर्मी निजी अस्पतालमा काम गर्न नपाउने



१३ वैशाख । सरकारी अस्पतालका स्वास्थ्यकर्मी निजी अस्पतालमा गएर काम गर्न नपाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी स्वास्थ्यकर्मीलाई निजी स्वास्थ्य संस्थामा गएर काम गर्न र प्रचारप्रसार गर्न रोक लगाएको हो ।

मन्त्रालयले आफ्ना मातहतका सबै प्रतिष्ठान, विभाग तथा अस्पताललाई बुधबार एक पत्र पठाउँदै कार्यालय समयमा निजी अस्पताल, नर्सिङ होम, क्लिनिक, मेडिकलमा काम नगर्न निर्देशन दिएको हो । मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले जारी गरेको सूचनामा निजीमा काममात्रै नभई उक्त प्रयोजनका लागि विज्ञापन तथा प्रचारप्रसार नगर्न पनि निर्देशन दिइएको छ । कार्यालय समयमा निजी क्षेत्रमा काम गरेको पाइएमा सरकारी स्वास्थ्यकर्मीलाई कारबाही गरिने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  ६ : ५९ बजे