२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक प्रकाश सपूत अनुबन्धित



काठमाडौँ
१४ वैशाख । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक प्रकाश सपूत अनुबन्धित भएका छन् । शुक्रबार निर्माण टिमले चलचित्रमा उनी कलाकारको रुपमा अनुबन्धित भएको जानकारी गराएको छ ।

सपुतले यस अघि ‘परदेशी २’ बाट चलचित्रमा डेभ्यु गरेका थिए ।

सरोज पौडेलको निर्देशनमा बन्न लागेको चलचित्रको केही दिनअघि मोसन पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको थियो । यस चलचित्रमा अभिनेता विजय बरालको पनि अभिनय रहने बताइएको छ । यस चलचित्रको छायांकन जेठ दोस्रो साताबाट सुरु गरिँदैछ ।

सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको चलचित्रमा निर्देशक पौडेल स्वयंको लेखन छ । २०८२ सालमा विश्वभर प्रदर्शनको तयारी गरिएको चलचित्रमा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माताको रुपमा छन् । रमेश चौलागाईं र हरि श्रेष्ठ कार्यकारी निर्माता हुन् । प्रशान्त सिवाकोटीको संगीत रहने चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ४ : ४९ बजे