२२ आश्विन २०८३, बिहिबार | Fri Oct 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


डेढ किलो सुन र १ करोड ४३ लाख रुपैयाँसहित काठमाडौंबाट ७ जना पक्राउ



१४ वैशाख । डेढ किलो भन्दा बढी सुन र झण्डै डेढ करोड रूपैयाँसहित काठमाडौंबाट ७ जना पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँसहित ७ जनालाई पक्राउ गरेर आज सार्वजनिक गरेको हो ।
काठमाडौं महानगरपालिका वडा नं २४ दुछेंननी टोलबाट १७६८ ग्राम सुन र उक्त रकम बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका-३ टाँटेका ४७ वर्षीय गणेशदत्त बढु, २१ वर्षीय आयुष बडु, भारत महाराष्ट्रका ३७ वर्षीय अमोल विभुते, १८ वर्षीय ऋषिकेश प्रकाश बिभुते, १८ वर्षीइ गणेश सतिश बाल्टे, झापाको बिर्तामोड नगरपालिका३ का ३० वर्षीय दिनेश खरेल, २२ वर्षीय भरतराज खरेल छन् ।
सुनको अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ७ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।