२५ बैशाख २०८१, मंगलबार | Wed May 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


रत्नपार्कमा कार र मोटरसाइकल ठक्कर, यात्रुको मृत्यु



काठमाडौं
१४ वैशाख । काठमाडौंको रत्नपार्कमा कार र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक यात्रुको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–२८ रत्नपार्क पुरानो बसपार्क सडकमा बा.९ च ३४४० नम्बरको कार र प्र.३–०२–००९ प ५११ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार युवकको मृत्यु भएको हो । ठक्करपछि मोटरसाइकलमा सवार बझाङ खप्तडछाला गाउँपालिका–७ घर भई काठमाडौं अनामनगर बस्ने २६ वर्षीय युवराज थापाको मृत्यु भएको छ ।
बुधबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्भिक अस्पतालमा उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको हो ।
कार र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  २ : १८ बजे