३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बझाङमा एमालेको दोब्बर अग्रता



१६ वैशाख । बझाङको प्रदेश सभा १ उपनिर्वाचनको मत गणनामा नेकपा एमालेका दमन भण्डारी दोब्बर मतसहित अग्रता कायम राखेका छन् । २ हजार ८२२ मत गणना गर्दा उनले १ हजार ३०३ मत पाएका छन् ।

छविसपाथिभेरा गाउँपालिकाको १, २, ३ र ४ वडामा मतगणना गर्दा एमालेका भण्डारीले दोब्बर मतान्तरले अग्रता लिएका हुन् ।

कांग्रेसका अभिषेकबहादुर सिंहले ६५६ मत पाएका छन् । यस्तै माओवादीका जनक बुढाले ४०१ मत पाउँदा नेकपा एकीकृत समाजवादीका दिल बहादुर सिंहले ३६९ मत पाएका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  १२ : ०१ बजे