२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘खजुरे ब्रो’ ट्रेलर : धरानमा घुमि हिड्ने खजुरेको ‘ओ माका’ आर्कषण



१७ वैशाख । धरानको बजार बजार घुमि हिड्ने खजुरेको यतार्थ पात्रमा आधारित चलचित्र ‘खजुरे ब्रो’को ट्रेलर सार्वजनिक भएको छ ।
चलचित्रको ट्रेलरमा मुख्य पात्र रेअर राई हाबी छन् । उनले बोल्ने धराने शैली र ‘ओ माका’ शव्दमा दर्शक दर्शकको पक्कै आर्कषण रहने अनुमान गर्न सकिन्छ । चलचित्रकी अभिनेत्री नीति शाह ३ वटा सिनमा देखिन्छिन् । तर एउटा मात्रै संवाद बोल्छिन् ।
ट्रेलर हेर्दा रेअर राई अनौठो चरित्रमा डुबेर अभिनय गरेको अनुभव हुँदैन । सहकारी घोटला, अल्लारे खजुरे अम्मलीमा डुवेकोजस्ता कथा रहेको ट्रेलर हेर्दा बुझ्न सकिन्छ । उनको उट्पट्याङ हर्कतले चलचित्र दर्शक बढ्ने छन् ।
विनिता थापा मगर र पुस्कर कार्कीजस्ता कलाकार ट्रेलरमा अटाएका छैनन् ।
टे«लरमा धरानको घण्टाघर देखिएसँगै पुर्वी धरानको कथा हो भन्न गाह्रो पर्दैन । चलचित्रमा सिक्किमकी कलाकार शान्तिला तामाङ समेत पहिलो पल्ट नेपाली चलचित्रमा खेल्न आएकी छिन् । उनले राजधानीमा आयोजित कार्यक्रममा आफूले सिक्किममा धेरै चलचित्रमा अभिनय गरेको भएपनि नेपालमा चाही डेव्यु चलचित्र हो ।
कमेडी विधामा चलचित्र निर्माण गर्न खोजिएको चलचित्र ‘खजुरे ब्रो’मा मोडल नीति शाहको डेव्यु चलचित्र भएकै कारण उनको विषयमा धेरै चर्चा छ ।

अभिनेता महेश त्रिपाठी अनौठो भेषमा उत्रका छन् । चलचित्रमा नविन मानन्धर, नीति शाह, विनिता थापा मगर, शान्तिला तामाङ, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, पवन लिम्बु लगायतका कलाकारले अभिनय हेर्न सकिन्छ ।
अनमोल गुरुङको संगीत, मित्र डी गुरुङको सम्पादन, शिशिर विसङ्केको छायांकन रहेको यो चलचित्रलाई सुरज सुनुवारले लेखन तथा निर्देशन गरेका हुन् ।
चलचित्रमा नविन मानन्धर सुरज सुनुवारको लगानी छ । डाइमण्ड उप्रेति कार्यकारी निर्माता रहेको यो फिल्मको ट्रेलरमा खजुरे ब्रो नामक पात्रको जीवन कथा देखाइएको छ ।
मोडल नीति शाहको डेब्यू चलचित्र हो ।
यही वैशाखको २८ गतेबाट प्रर्दशनमा आउन लागेको चलचित्र ‘खजुरे ब्रो’को ट्रेलर राजधनीमा एक कार्यक्रम आयोजना गरेर सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  २ : ०४ बजे