२ जेष्ठ २०८१, बुधबार | Thu May 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको टिकाथली र काठमाडौंको चावहीलमा चोरी



काठमाडौं
१७ वैशाख । ललितपुरको टिकाथली र काठमाडौंको चावहीलमा चोरी भएको छ ।
प्रहरीका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका–५ टिकाथली सिदार्थ टोल बस्ने ४० वर्षीय सानो लामाको घरबाट कोही नभएको अवस्थामा ढोकाको ताला फोडेर नगद २० हजार रूपैयाँ तथा सुनका विभिन्न गरगहना गरी करिब ४ लाख ९९ हजार ५ सय रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।
साथै काठमाडौं महानगरपालिका ७ चावहिल शान्तिगोरेटो डेरा गरी बस्ने दोलखा कालिन्चोक गाउँपालिका–७ घर भएकी ३८ वर्षीया सरस्वती खड्काको कोठाबाट ढोकाको ताला फोडेर नगद ५० हजार रूपैयाँ र सुनको विभिन्न गहना गरी करिब ३ लाख रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ६ : ४८ बजे