३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरबाट किशोरी बलत्कारको अभियोगमा बृद्ध पक्राउ



१७ वैशाख । भक्तपुरबाट किशोरी बलत्कारको अभियोगमा एक बृद्ध पक्राउ परेका छन् ।
प्रहरीका अनुसार १६ वर्षीया किशोरीलाई बलत्कार(जबरजस्ती करणी) गरेको अभियोगमा भक्तपुर नगरपालिका–३ खौमा बस्ने ६१ वर्षीय लक्ष्मी प्रसाद फाजुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
फाजुले ती किहोरीलाई पटक–पटक जबरजस्ती बलत्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग दरबार स्क्वायरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ६ : ५८ बजे