४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


इलाम–२ मा घण्टी उम्मेदवार मिलन लिम्बुको जमानत जफत



काठमाडौं
१८ वैशाख । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी देशभर चर्चा छ । नयाँ दलले पार्टी गठन गरेको केही महिनामै चौथो दल बनेको यो पार्टीले इलाम २ मा पनि सफतला पाउन सक्ने धेरैको अनुमान थियो । तर इलाम २ मा
मिलन लिम्बुले ५०५० मत प्राप्त गरेका छन् र उनको जमानत जफत भएको छ ।
कुल सदर मतको १० प्रतिशत मत प्राप्त गरेमा जमानत जोगिने कानुनी व्यवस्था रहेको छ । लिम्बुको मिडिया र सामाजिक सञ्जालमा बढी चर्चा भएपनि उनले अपेक्षा अनुसारको मत हासिल गर्न भने असफल भएका छन् । यस क्षेत्रमा लिम्बुसहित १६ उम्मेदवारको जमानत जफत भएको छ ।

नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित विजयी भएका छन् ।
इलाम– २ मा सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी भए सँगै उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डम्बर खड्का २१ हजार ९४२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ११ हजार ४५७ मत प्राप्त गरेका छन् ।

इलाम–२ मा मङ्गोल नेशनल अर्गनाइजेशनका मीनबहादुर लिम्बूले ८१६ मत प्राप्त गरेका छन् भने एकीकृत समाजवादीका जितबहादुर राईले ४०८ मत प्राप्त गरेका छन् ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङले ४०४ मत, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपालीले २०६ मत पाएका छन् र जनमत पार्टीका प्रेम कुमार थाम्सुहाङले ११८ मत प्राप्त गरेका छन् । कुल १९ जना उम्मेदवार रहेको इलाम–२ का अन्य सबै उम्मेदारले सय भन्दा कम मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  १ : १३ बजे