२५ माघ २०८२, शनिबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


इलाम–२ मा घण्टी उम्मेदवार मिलन लिम्बुको जमानत जफत



काठमाडौं
१८ वैशाख । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी देशभर चर्चा छ । नयाँ दलले पार्टी गठन गरेको केही महिनामै चौथो दल बनेको यो पार्टीले इलाम २ मा पनि सफतला पाउन सक्ने धेरैको अनुमान थियो । तर इलाम २ मा
मिलन लिम्बुले ५०५० मत प्राप्त गरेका छन् र उनको जमानत जफत भएको छ ।
कुल सदर मतको १० प्रतिशत मत प्राप्त गरेमा जमानत जोगिने कानुनी व्यवस्था रहेको छ । लिम्बुको मिडिया र सामाजिक सञ्जालमा बढी चर्चा भएपनि उनले अपेक्षा अनुसारको मत हासिल गर्न भने असफल भएका छन् । यस क्षेत्रमा लिम्बुसहित १६ उम्मेदवारको जमानत जफत भएको छ ।

नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित विजयी भएका छन् ।
इलाम– २ मा सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी भए सँगै उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डम्बर खड्का २१ हजार ९४२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ११ हजार ४५७ मत प्राप्त गरेका छन् ।

इलाम–२ मा मङ्गोल नेशनल अर्गनाइजेशनका मीनबहादुर लिम्बूले ८१६ मत प्राप्त गरेका छन् भने एकीकृत समाजवादीका जितबहादुर राईले ४०८ मत प्राप्त गरेका छन् ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङले ४०४ मत, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपालीले २०६ मत पाएका छन् र जनमत पार्टीका प्रेम कुमार थाम्सुहाङले ११८ मत प्राप्त गरेका छन् । कुल १९ जना उम्मेदवार रहेको इलाम–२ का अन्य सबै उम्मेदारले सय भन्दा कम मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  १ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।