८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्रको प्रदर्शन होइन ‘भिडन्त’



ललितखबर
१८ वैशाख । पछिल्लो समय नेपाली हलहरुमा चलचित्रहरु प्रदर्शन हुँदैनन् । चलचित्रहरु एक अर्का विरुद्ध भिड्छन् भन्ने असंख्य उदाहरण भेटिन थालेका छन् ।
गएको २०८० साल सुरुसँगै चलचित्र ‘जारी‘, ‘विहे पास’ र ‘बुलाकी’ प्रर्दशन भए । यस अघि फागुनमा चलचित्र ‘छक्का पञ्जा ४’ र ‘छड्के ०.२‘ एक साथ भए ।
तीन चलचित्रमध्ये बक्स अफिसमा जारी सफल रह्यो । अरु दुई चलचित्रले लगानी पनि उठाएनन् । ‘छक्का पञ्जा ४’ बक्स अफिसमा व्लकबस्टर सावित भयो छड्के फ्लप बन्यो ।
तर पनि त्यसपछिका दिनमा पनि एक साथ चलचित्र प्रर्दशनको एकसाथ प्रर्दशन हुने क्रम रोकिएन । गएको दशैंको छेको पारेर चलचित्र ‘पशुपति प्रसाद २ भष्मे डन’ सँगै चलचित्र परदेशी २ प्रर्दशन भए । दुवै चलचित्रले औसत व्यापार गरे ।
यही जेठ १० गते चर्चित स्टारहरुको अभिनय रहेको चलचित्र ‘पुजार सार्की’ र ‘फर्की फर्की’ एक साथ प्रर्दशन हुँदै छन् । ठूलो लगानीमा निर्माण भएको चलचित्र पुजार सार्कीमा प्रदिप खड्का, पल शाह र आर्यन सिग्देल रहेका छन् ।
पछिल्लो पुस्ताका चर्चित अर्का अभिनेता अनमोल केसीको अभिनय रहेको चलचित्र फर्की फर्की सोही मितीमा प्रर्दशन हुँदैछ ।
अभिनेता पलको चलचित्र ‘छड्के’ गतबर्ष चलचित्र ‘छक्का पञ्जा ४’ संगै प्रर्दशन भएको थियो । चलचित्र सुपर फ्लप भएपछि लामो समय निराश बनेर चलचित्रबाहिर रहेका अनमोल चलचित्रमा फर्केका थिएनन् ।
जेठ १० गते नै अभिनेत्री पुजा शर्माको अभिनय रहेको चलचित्र ‘दानभी’ प्रर्दशन गर्ने मिती तय गरिएको थियो । शर्माले सोमबार जन्मदिनको अवसर पारेर असार ७ गते मात्रै प्रर्दशन गर्ने भन्दै चलचित्र प्रर्दशन सारिन् ।
संयोग नै भनौं या नियतबश, अभिनेता अभिनेता अनमोल केसीको चलचित्र ठूला व्यानर र प्रतिश्पर्धी अभिनेतासँग भिड्ने गरेको छ ।
रजतपटमा सफल मानिएका अभिनेता दिपकराज गिरीको चलचित्रसँग ‘छक्का पञ्जा ४’ संग भिडेको अनमोल केसीको चलचित्र ‘छड्के ०.२’ लाई विर्साउदै यही जेठ १० गते फेरि ‘पुजार सार्की’सँगै चलचित्र फर्की फर्की एक साथ भिड्न लागेका हुन् ।
दुई सय ५० हाराहरी चलचित्र हलमा चल्ने ठूला बजेटका चलचित्र एक साथ प्रर्दशन हुँदा निर्माता घाटामा जाने गरेको पाइन्छ । नयाँ बर्ष दशैं तिहारको विदाको मौकामा दर्शक चलचित्र हेर्न हलसम्म आउछन् भन्ने आकलन गर्दै जोडतोडका साथ चलचित्र मिती घोषणा गरेर चलचित्र निर्माण गर्ने गरिएको पाइन्छ । हतारमा प्रर्दशन मिती घोषणा गरेका केही चलचित्र गुणस्तरमा कमी आउने गरेको चलचित्र क्षेत्रका जानकार बताउछन् । केही समय अघि चलचित्र रंगेली प्रिमियरको दिन अबेरसम्म पनि सम्पादन नसकिदा ४ घण्टा पर्खेर चलचित्रको प्रर्दश नगरिएको थियो ।
एक पनि अर्काे चलचित्र जुधाएर प्रर्दशन गर्दा नेपाली चलचित्रलाई घाटा पर्ने गरेको छ । विदाको मौका छोपेर प्रर्दशन मिती घोषणा चलचित्र निर्माणमा हतारमा लतरपतर भइरहेको पाइनछ । तर पनि चलचित्रको पुरानो रोग निको भएको पाइदैन ।

 

 

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ४ : ३३ बजे