४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको धुम्बराहीमा मोटरसाइकल र स्कुटर ठक्करपछि युवकको मृत्यु, अर्का घाइते



 

१८ वैशाख । काठमाडौंको धुम्बराहीमा मोटरसाइकल र स्कुटर ठक्करपछि एक युवकको मृत्यु भएको छ भने अर्का घाइते छन् ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–४ धुम्बराही चोकमा बा.प्र.०२–०३१ प ५०२२ नम्बरको मोटरसाइकल र बा.७५ प १६५२ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा स्कुटर चालक काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१२ कपन बस्ने २८ वर्षीय अन्नत कार्कीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको चावहिलस्थित ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको ह्याम्स अस्पतालमा उपचार भइरहेका प्रहरीको भनाई छ ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ८ : ०१ बजे