१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सांकेतिक घण्टीले सचेत गराएको छः रास्वपा



१८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र २ के उपनिर्वाचनमा विजयी नेकपा (एमाले) का सुहाङ नेम्बाङलाई बधाई दिएको छ।

पार्टीले आज विज्ञप्ति जारी गरी प्रतिनिधिसभामा निर्वाचित नेम्बाङलाई शुभकामना दिँदै निर्वाचन परिणामले आफ्ना प्रयासहरूमा कैयन कमी–कमजोरी रहेको पनि स्वीकारेको छ।

पार्टी महामन्त्री डा.मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा पार्टीको केन्द्रीय समितिको आगामी बैठकमा यो निर्वाचनका सम्बन्धमा गहन समीक्षा गर्ने उल्लेख छ।

‘निर्वाचन परिणामले हाम्रा प्रयासहरूमा कैयन कमी–कमजोरी रहेको इङ्गित गरेको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘सही समयमा घण्टी नबजाएर बजाइ दिनुभएको साङ्केतिक घण्टीले हामीलाई सचेत गराएको छ।’

नतिजा आफू अनुकूल नआएपनि लोकतान्त्रिक प्रक्रियामा सहभागी भई जनताद्वारा व्यक्त मतको पार्टीले सम्मान गर्ने रास्वपाले जनाएको छ। ‘नतिजा हाम्रो अनुकूल नआएपनि लोकतान्त्रिक प्रक्रियामा सहभागी भई जनताद्वारा व्यक्त मतको हामी सदैव सम्मान गर्दछौँ। साथै, निर्वाचन अभियानमा समर्पित भई अथक परिश्रम गर्नुभएका पार्टी सदस्य तथा शुभचिन्तकहरूप्रति पनि हार्दिक सम्मान तथा धन्यवाद व्यक्त गर्दछौँ।’

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ८ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।