३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर आनन्द वनको डढेलोः अस्पतालका ९३ बिरामी अन्यत्रै सारिए



१८ वैशाख । ललितपुरको गोदावरी नगरपालिका–६ स्थित आनन्द वनमा लागेको डढेलो निभाउन कठिन हुँदै गएको छ । अहिले सबै शक्ति लगाएर डढेलो निमन्त्रणमा लिने प्रयास भइरहेको छ । आगो फैलिँदै गएपछि बन नजिकै रहेको कुष्ठरोग अस्पतालका बिरामीलाई अन्यत्र सारिएको छ ।
डढेलो फैलिएपछि अस्पताल पनि जोखिममा परेको छ । त्यहाँ रहेका ९३ जना बिरामी सारिएको हो । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार अहिले प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारी अस्पतालमा पुगेका छन् । आगो नियन्त्रणका लागि सेना, सशस्त्र, नेपाल प्रहरी, अग्नि नियन्त्रकसहितको टोली परिचालन गरिएको छ ।
लेलेतर्फको जंगलको डढेलो फैलिँदै आनन्द वनसम्म आइपुगेको हो । आनन्द वन अस्पतालको करिब ७ सय मिटर नजिकै डढेलो आइपुगेको प्रहरीले जनाएको छ । आनन्द वन अस्पतालमा कुष्ठरोगीहरुको उपचार हुने गर्दछ । डढेलो निभाउने क्रममा २ जना घाइते भएका छन् ।

गोदावरी नगरपालिका–४ बडिखेल जंगलमा डढेलो निभाउने क्रममा उनीहरु घाइते भएका हुन् । यस क्रममा स्थानीय शंकर पहरी र रमेश पहरी घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ९ : ०० बजे