२५ माघ २०८२, शनिबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर आनन्द वनको डढेलोः अस्पतालका ९३ बिरामी अन्यत्रै सारिए



१८ वैशाख । ललितपुरको गोदावरी नगरपालिका–६ स्थित आनन्द वनमा लागेको डढेलो निभाउन कठिन हुँदै गएको छ । अहिले सबै शक्ति लगाएर डढेलो निमन्त्रणमा लिने प्रयास भइरहेको छ । आगो फैलिँदै गएपछि बन नजिकै रहेको कुष्ठरोग अस्पतालका बिरामीलाई अन्यत्र सारिएको छ ।
डढेलो फैलिएपछि अस्पताल पनि जोखिममा परेको छ । त्यहाँ रहेका ९३ जना बिरामी सारिएको हो । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार अहिले प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारी अस्पतालमा पुगेका छन् । आगो नियन्त्रणका लागि सेना, सशस्त्र, नेपाल प्रहरी, अग्नि नियन्त्रकसहितको टोली परिचालन गरिएको छ ।
लेलेतर्फको जंगलको डढेलो फैलिँदै आनन्द वनसम्म आइपुगेको हो । आनन्द वन अस्पतालको करिब ७ सय मिटर नजिकै डढेलो आइपुगेको प्रहरीले जनाएको छ । आनन्द वन अस्पतालमा कुष्ठरोगीहरुको उपचार हुने गर्दछ । डढेलो निभाउने क्रममा २ जना घाइते भएका छन् ।

गोदावरी नगरपालिका–४ बडिखेल जंगलमा डढेलो निभाउने क्रममा उनीहरु घाइते भएका हुन् । यस क्रममा स्थानीय शंकर पहरी र रमेश पहरी घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ९ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।