१० चैत्र २०८२, मंगलबार | Wed Mar 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


सुन लुट्न कतारबाट आएका सिकेन्द्रको सिनामंगलमा अपहरण, दुई पक्राउ



१८ वैशाख । कतारबाट नेपाल फर्किएका एक युवकलाई सिनामंगल स्थित एक होटलमा बन्धक बनाएर राखेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। सोमबार कतारबाट काठमाडौं फर्किएका सप्तरीका सिकेन्द्र यादवलाई बन्धक बनाएको आरोपमा प्रहरीले सर्लाहीका दुई जनालाई नियन्त्रणमा लिएको हो।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले यादवलाई बन्धक बनाएको आरोपमा अजिम अली र एमडी सहनीलाई मंलगबार दिउँसो नियन्त्रणमा लिएको प्रहरी स्रोतले बताएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतका अनुसार यादवले कतारबाट २५ ग्राम सुन ल्याएका थिए। सोही सुन हडप्ने उदेश्यका साथ ती दुईले यादवलाई अपहरण गरी बन्धक बनाएको प्रहरीको अनुमान छ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  १० : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।