२५ माघ २०८२, शनिबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पुतलीसडकमा दुर्घटना, एक युवाको मृत्यु



१९ वैशाख । काठमाडौं पुतलीसडकमा दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ। गए राति करिब २ बजे काठमाडौं महानगरपालिका वडा नम्बर २८ पुतलीसडकमा बा २१ च ६४४८ को गाडी र बा प्र ०२-२७ प ८२८० नम्बरको मोटरसाइकलबीच ठक्कर खाएको थियो।

दुर्घटनामा परेर मोटरसाइकल चालक काठमाडौं महानगरपालिका वडा नम्बर १२ का २३ वर्षीय शाहिल देउला गम्भीर घाइते भएका थिए। उनलाई उपचार गर्न ट्रमा सेन्टर लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए।
प्रहरीले गाडी चालक ताप्लेजुङ मौवाखोला गाउँपालिका वडा नम्बर ६ घरभई भक्तपुरको लोकन्थली बस्ने २७ वर्षीय सौरव बस्नेतलाई नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  १ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।