४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं भुवलडाँडामा श्रीमानले गरे श्रीमतीको हत्या, अनि पुगे प्रहरी कार्यालय



२० वैशाख । काठमाडौं महानगरपालिका–६ स्थित भुवलडाँडामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । श्रीमतीको हत्यापछि श्रीमान आफै प्रहरी समक्ष पुगेका छन् । प्रहरी वृत्त बौद्धमा बुधबार बिहान ८ बजेर ४० मिनेटमा श्रीमान श्रीमतीलाई कुटेर हत्या परे भन्दै पुगेका थिए ।
गेटमा खटिएका सुरक्षाकर्मीले डीएसपी राजु पाण्डेलाई खबर गरे । तत्काल पाण्डे आफ्नो टिमसहित घटनास्थलमा पुगे । भुवलडाँडामा रहेको छिरिङ लामाको घरको भुईँ तलामा ढोका खोलेर हेर्दा ३५ वर्षीया अनिसा चाहार मृत अवस्थामा भेटिएकी थिइन् ।
उनको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

हत्यामा संलग्न उनका श्रीमान् ३५ वर्षीय सन्तोष परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पत्नीसँग शंका लागेपछि मोबाइलमा अडियो रेकर्ड सेट गरेर सन्तोषले अनिसाको गतिविधि निगरानी गरे । पर पुरुषसँग बोलेको ४ मिनेटको अडियो सुनेर आफूलाई असह्य भएपछि कुटेर हत्या गरेको उनले प्रहरीसँग साविति बयान दिएका छन् ।

अनिसाले सन्तोषसँग तेस्रो र सन्तोषले अनिसासँग दोस्रो विवाह गरेका हुन् । दुईपटक कतार र मलेसिया गएर फर्केका सन्तोष पछिल्लो समय बौद्धस्थित भुवलडाँडामा बस्दै आएका थिए । हत्या गरेपछि फरार भएपनि प्रहरीले पक्राउ गर्ने आकलन गरेर आफूले समर्पण गरेको उनले अनुसन्धान अधिकृतहरूसँग बताएका छन् ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहिबार  ४ : ३५ बजे