२५ माघ २०८२, शनिबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं भुवलडाँडामा श्रीमानले गरे श्रीमतीको हत्या, अनि पुगे प्रहरी कार्यालय



२० वैशाख । काठमाडौं महानगरपालिका–६ स्थित भुवलडाँडामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । श्रीमतीको हत्यापछि श्रीमान आफै प्रहरी समक्ष पुगेका छन् । प्रहरी वृत्त बौद्धमा बुधबार बिहान ८ बजेर ४० मिनेटमा श्रीमान श्रीमतीलाई कुटेर हत्या परे भन्दै पुगेका थिए ।
गेटमा खटिएका सुरक्षाकर्मीले डीएसपी राजु पाण्डेलाई खबर गरे । तत्काल पाण्डे आफ्नो टिमसहित घटनास्थलमा पुगे । भुवलडाँडामा रहेको छिरिङ लामाको घरको भुईँ तलामा ढोका खोलेर हेर्दा ३५ वर्षीया अनिसा चाहार मृत अवस्थामा भेटिएकी थिइन् ।
उनको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

हत्यामा संलग्न उनका श्रीमान् ३५ वर्षीय सन्तोष परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पत्नीसँग शंका लागेपछि मोबाइलमा अडियो रेकर्ड सेट गरेर सन्तोषले अनिसाको गतिविधि निगरानी गरे । पर पुरुषसँग बोलेको ४ मिनेटको अडियो सुनेर आफूलाई असह्य भएपछि कुटेर हत्या गरेको उनले प्रहरीसँग साविति बयान दिएका छन् ।

अनिसाले सन्तोषसँग तेस्रो र सन्तोषले अनिसासँग दोस्रो विवाह गरेका हुन् । दुईपटक कतार र मलेसिया गएर फर्केका सन्तोष पछिल्लो समय बौद्धस्थित भुवलडाँडामा बस्दै आएका थिए । हत्या गरेपछि फरार भएपनि प्रहरीले पक्राउ गर्ने आकलन गरेर आफूले समर्पण गरेको उनले अनुसन्धान अधिकृतहरूसँग बताएका छन् ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहिबार  ४ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।