४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र मनसरा हेरेपछि चलचित्रकर्मीले भने, ‘‘उत्कृष्ट’ चलचित्र’



ललितखबर
२० वैशाख । नेपाली रजतपटमा सफल चलचित्र जारीका निर्देशक उपेन्द्र सुव्वाले निर्देशन गरेको चलचित्र मनसराको राजधानीमा प्रिमियर सम्पन्न भएको छ ।
ललितपुर पुल्चोकस्थित एक चलचित्र भवनमा दर्जनौं कलाकार,पत्रकार र सयौं शुभेच्छुकलाई निम्तो गरेर निर्माण पक्षले चलचित्रको प्रिमियर गरेको हो ।
चलचित्र हेरेपछि कलाकार र चलचित्रकर्मीहरुले चलचित्रलाई उत्कृष्ट भएको प्रतिकृया दिएका हुन् ।
पछिल्लो पुस्ताका सफल निर्देशक निश्चल बस्नेतले एउटा राम्रो कथालाई सजिलो ढंगले प्रस्तुत गरिएको प्रतिकृया दिए । निर्देशक उपेन्द्र सुव्वाले साहित्यिक रुपमा चलचित्रलाई उपभोग गरेको बताए । उनले भने आँखा चिम्लिएर हेर्न जान सल्लाह दिए ।
निर्देशक प्रदिप भट्टराईले चलचित्र मनसरा हेरेपछि नेपाली रजतपटमा फरक फरक चलचित्र आउनुपर्ने तर्क गर्दै फरक फरक रंगको फूल भएमात्रै सुन्दर फुलबारी हुने बताउदै चलचित्रमा फरक फरक चलचित्र बन्दै जानु पर्ने बताए ।
चलचित्रमा निसन्तानको समस्या विकराल बन्दै गइरहेको अवस्थामा निर्देशक उपेन्द्र सुव्वाले मिहिन ढंगले उठाएको भन्दै प्रसंशा गरे ।
अभिनेत्री सुरक्षा पन्तले चलचित्र हेरेपछि आनन्द आएको बताइन् । समाजमा पाच्न नहुने सम्बन्धलाई सटिक ढंगले प्रस्तुत गरेको उनको भनाई थियो । चलचित्रमा अप्ठ्यारो प्रेमलाई साहित्यिक पारामा देखाएको भन्दै तारिफ गरिन् ।
कलाकार तथा निर्माता रविन्द्रसिंह बानियाले चलचित्र हेरेपछि चलचित्रकर्मी मास्क लगाएर प्रतिकृया नदिई भाग्ने गरेको आफूले देखेको तर आफू भने सञ्चारर्की खोज्दै खोज्दै चलचित्रबारे प्रतिकृया दिन चाहेको बताए । उनले असाध्यै राम्रो चलचित्र बनेको भन्दै निर्देशक सुव्वालाई बधाई दिए ।
अभिनेत्री मिरुना मगरले चलचित्र हेरेपछि अझैं धेरै अभिनय गर्नसक्ने ठाँउ भेटेको बताइन् । अभिनेत्री मेनुका प्रधानले आफू चलचित्र हेरेपछि भावुक बनेको बताइन् ।
निर्देशक उपेन्द्र सुव्वाले प्रिमियरमा आएको प्रतिकृयालाई साह्रै भर नपर्नु नहुने तर्क गरे । उनले कलाकारहरुको चलचित्र उत्कृष्ट भएको प्रतिकृया सुनेपछि धन्यवाद दिएका थिए ।
चलचित्र निर्माण पक्षको निम्तामा आएका शुभेच्छुक चलचित्रकर्मीहरुले चलचित्रको नकाराात्मक पक्षको कुनै चर्चा गरेनन् । कतिपय चलचित्रकर्मी भने चलचित्र हेरेपछि सञ्चारकर्मीहरुलाई फनक्क ढोकाबाट बाहिर निस्केको देखिन्थ्यो ।

 

प्रकाशित मिति : २० बैशाख २०८१, बिहिबार  ५ : ०२ बजे