४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंका पत्रकारहरुले दिउसै लालटिन बालेर प्रदर्शन गरे



काठमाडौं
२० वेशाख । राजधानी काठमाडौंमा पत्रकारहरुले लालटिन बालेरप्रदर्शन गरेका छन् ।
काठमाडौंको माइतीघर मण्डलामा आज विहान ७ः३० बजेदेखि ८ः३० बजेसम्म लालटिन बालेर पुर्ण प्रेस स्वतन्त्रताको पक्षमा प्रदर्शन गरेका हुन् ।
संविधानमा उल्लेख गरिएको पुर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित हुने गरी सर्वोच्च अदालतको आदेशबाट ध्यानाकषर्णभएको भन्दै उनीहरुले प्रर्दशन गरेका हुन्
‘संविधानको पालना गर, प्रेस स्वतन्त्रता बहाली गर’, ‘प्रेस स्वतन्त्रता जिन्दावाद’, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौं’ भन्ने नारासहितका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
आजको प्रदर्शनलाई सम्बोधन गर्दै श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैसीले सम्मानित अदालतबाटै प्रेस तथा
अभिव्यक्ति स्वतन्त्रताको अवहेलना गरेको आरोप लगाए । प्रमाण नष्ट कार्यक्रममा सहभागी पत्रकार खेम थपलियाले प्रेस स्वतन्त्रताको लागिलालटिन बाल्नुपर्ने अवस्था आएकोले सबैको ध्यान जानुपर्ने बताए

कार्यक्रममा पत्रकार तथा प्रेस चौतारी नेपाल, काठमाडौं जिल्ला कोषाध्यक्ष राम कार्कीले सर्वोच्चको आदेशले राणाकालको झल्को दिएको बताउँदै पत्रकारहरु सडकमा उत्रनु बाध्यता भएको बताए ।

 

प्रकाशित मिति : २० बैशाख २०८१, बिहिबार  ६ : ३१ बजे