१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


पाटनमा चित्रकार श्यामको पौभा चित्रकला प्रदर्शनी



ललितपुर
२१ वैशाख । चित्रकार श्यामकृष्ण मर्हजन ज्यापू श्यामका पौभा चित्रकलाको एकल प्रदर्शनी ललितपुरको पाटन संग्रहालय सुरु भएको छ ।
२२ गते शनिबारसम्म चल्ने प्रदर्शनीमा ज्यापू श्यामले सिर्जना गरेका ३२ वटा पौभा चित्रकला समावेश गरिएका छन् ।
पाटन संग्रहालयमा आयोजित एक कार्यक्रमबीच नेपालका लागि श्रीलंकाली राजदूत सुदर्शना पाथिरानाले प्रदर्शनीको क्यानभासमा चित्र कोर्दै प्रदर्शनीको उद्घाटन गरिन् ।
पौभा चित्रकार श्याम ज्यापूले आफ्नो जीवनको चित्रकलाको लामो यात्रामा यो प्रदर्शनीले छुट्टै महत्व राख्ने बताए ।
नेपालको मौलिक पौभा चित्र कोर्ने चलन विस्तारै हराउँदै गएको वर्तमान समयमा प्रदर्शनीले पौभा चित्रकलाको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने चित्रकार ज्यापूले विश्वास थियो ।
प्रर्दशनीमा चित्रकार श्याम ज्यापुका ३ दशकभन्दा पुराना पौभा पनि राखीएको छ ।
योङ्ग पिकासोको आयोजनामा पौभा चित्रकला प्रदृशनी सुरु भएको हो । कार्यक्रममा कलाकार पकार र व्यावसायीहरुको बाक्लो उपस्थिति थियो ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ३ : ४० बजे