१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भैसेपाटीस्थित वाईवाई चाउचाउको कारखाना अज्ञात समूहद्वारा आक्रमण



२१ वैशाख । चौधरी ग्रुपद्वारा सञ्चालित सीजी फुड्स पार्क,  भैसेपाटीस्थित वाईवाई चाउचाउको कारखाना भैंसेपाटीमा अज्ञात समूहद्वारा आक्रमण गरिएको छ । कम्पनीका प्रवक्ता मधुसूदन पौड्यालका अनुसार दिउँसो ३ बजेतिर बा. ४ ख १०८५ नम्बरको बसमा आएको समूहले फुड्स पार्कमा कार्यरत पुरुष र महिला कर्मचारीमाथि हातपात गर्नुका साथै भौतिक सम्पत्ति तोडफोड गरेका छन् ।

उनीहरूले ‘नेपाल सरकार मुर्दावाद’ जस्ता नारा लगाउँदै सीजीका व्यवस्थापकहरूप्रति अभद्र एवं असभ्य व्यवहारहरू प्रदर्शन गरेको घटनापछि पौड्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । महिला कर्मचारीहरू प्रतिकारमा उत्रिएपछि आक्रमणकारी पछि हटेको बताइएको छ ।

लगत्तै भैंसेपाटी प्रहरी प्रभागले आक्रमणकारीलाई पक्राउ गरेको जानकारी आएको कम्पनीले जनाएको छ । यस घटनाले देशको औद्योगिक वातावरणलाई अत्यन्तै नराम्रो असर पुऱ्याउन सक्नेतर्फ ध्यानाकर्षण गराउँदै संलग्नलाई कारबाहीका लागि सरकारसँग अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ४ : ०६ बजे