६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


नेता प्रदिप पौडेलले उठाए काठमाडौं उपत्यकाका विकासको मुद्दा, प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण



काठमाडौं
२३ वैशाख । सांसद एबं कांग्रेस नेता प्रदिप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर काठमाडौं उपत्यकाकाको विकासका विभिन्न मुद्दा उठाउदै बजेटमा समावेश गर्न माग गरेका छन् ।

सरकारले आगामी बर्षको बजेट ल्याउने तयारी गरिरहदा नेता पौडेलले बजेटमा समाबेश गर्नुपर्ने योजनाका बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
सांसद पौडेलले शिवपुरी राष्ट्रिय निकुञ्ज जलाधार क्षेत्र भित्रका मुहान पोखरी, विष्णु पादुका र चन्डेश्वोरीमा रहेका खानेपानीका स्रोतहरू संकलन गर्न एकीकृत पानी संकलन केन्द्र तथा ट्याङ्की निर्माण गरि वितरणका लागि शिवपुरी खानेपानी राष्ट्रिय गौरव परियोजनालाइ बहुवर्षे आयोजनाका रूपमा सूचिकृत गराई बजेटको विनियोजन गर्न माग गरेका छन् ।

रिङरोड दोश्रो खण्ड कलंकी देखि धोबीखोला चाबहिल विस्तार परियोजना,विष्णुमती नमूना करिडोर राष्ट्रिय गौरव परियोजना,टुकुचा खोला ढल व्यवस्थापन र टोखा नपा वडा नं २ मा रहेको भुतखेलमैदान खेलकुद विकास योजनालाइ आगामि बजेटमा पार्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको सांसद पौडेलले जानकारि दिएका छन् ।

उक्त आयोजनाहरु सम्बन्धित क्षेत्रका नागरिकहरु, सरकारी संस्थाका प्रतिनिधिहरु तथा विज्ञहरुसँगको परामर्श गरेर तय गरिएको उनको भनाइ छ ।

आयोजनाहरुको कार्यान्वयन पश्चात खानेपानीको तथा धुवाधुलोको समस्या हल गर्न, राजधानीको वातावरण स्वच्छ राख्न लगायत सहज सडक प्रणालीले नागरिकहरुको समय बचत गर्न तथा समग्रमा जीवनस्तर माथि लैजान महत्वपूर्ण हुने पौडेलले बताएका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  १ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।