५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरको प्लाइ कारखानामा आगलागी, दुई जना घाइते, एकको अवस्था गम्भीर



२३ वैशाख । भक्तपुरको चाँगुनारायणमा आगलागी हुँदा दुई जना घाइते भएका छन्। चाँगुनारायण नगरपालिका २ दुवाकोट मोडमा रहेको ज्योति प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई जना घाइते भएका हुन् ।

आगो निभाउने क्रममा रामेछाप लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ६ घर भई हाल दुवाकोट बस्ने २३ वर्षीय बुद्ध नारायण श्रेष्ठ सामान्य घाइते हुँदा भारतको बंगाल घर भई सोही ठाउँमा काम गर्ने २९ वर्षीय मनु उर्वा गम्भीर घाइते भएका छन्।

गम्भीर घाइते भएका उर्वालाई ईवामुरा अस्पतालमा लगिएपनि थप उपचारको लागि कीर्तिपुर अस्पतालमा लगिएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीका अनुसार भक्तपुर, काठमाडौं, ललितपुर र काभ्रेका सात वटा दमकल, चार वटा पानी ट्यांकर र स्थानीयको सहयोगमा आइतबार बिहान ४ बजे आगलागी नियन्त्रणमा लिइएको थियो। डिएसपी कार्कीका अनुसार प्रारम्भिक अनुसन्धानबाट करिब एक करोड ८० लाख बराबरको क्षति भएको हो।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ६ : ५७ बजे