१ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अख्तियारद्वारा घुस रकमसहित मालपोतका सुब्बा पक्राउ



बुटवल
२४ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव सुब्बालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ।

जग्गा नामसारी गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट ३० हजार रकम लिँदै गरेको अवस्थामा मालपोत कार्यालयका नायव सुब्बा नरहरी खनाललाई अख्तियारले नियन्त्रणमा लिएको हो।

तौलिहवास्थित मालपोत कार्यालय नजिकै रहेको उनको कोठाबाटै नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।

 

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ४ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।