६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘गाउँ आएको बाटो’ : सडक र गाँउले जीवनको सुख दुःख



काठमाडौं
२५ वैशाख । नेपाली गाँउले जीवनको खाँटी सुख र दुःख देखाइएको चलचित्र ‘गाउँ आएको बाटो’को राजधानी मा औपचारिक कार्यक्रम आयोजना गरेर टिजर सार्वजनिक गरिएको छ ।
गाँउमा सडक हुँदा र नहुँदाको सुख दुःख चलचित्रले भनेको टिजरमा प्रष्ट देखिन्छ । नून लिन नौ डाँडा काटेर धरान जाने बाटोको प्रसंगसँगै टिजरमा सात घुम्ती सडकको दृश्य समेटिएको छ ।
टिजरमा अभिनेता दयाहाङ डाकर बोकेर पखापखेला हिडिरहेका छन् भने फराकिलो गाडी गुड्ने सडक फलामे लठ्ठा हालेको पुलमा बच्चा बच्ची दगुरेको देखाइएको छ ।
थुप्रै अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा तारिफ पाएको डकुमेन्ट्रीमा आधारित चलचित्र ‘गाउँ आएको बाटो’ नुमाफुङ’ जस्तो बहुचर्चित चलचित्रका निर्देशक नबिन सुब्बाले निर्देशन गरेका हुन् । यस चलचित्रमा दयाहाङ राई, पशुपति राई तथा प्रसन राईको अभिनय रहेको छ ।
चलचित्रले संसारका विभिन्न चलचित्र महोत्सवमा तारिफ र चर्चा बटुल्न सफल भएको थियो । चलचित्र वर्ल्ड प्रिमियर टोरोन्टो इन्टरनेशनल फिल्म फेस्टिभल, ‘४७ औँ गोटेबर्ग अन्तर्राष्ट्रिय सिनेमा महोत्सव–२०२४’, बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, एसियन प्रिमियर, मामी मुम्बई र ‘बेइजिङ इन्टरनेशनल फिल्म फेस्टिभल’मा सहभागी भएको थियो ।

चलचित्रमा राई जातीको कथा भनेको छ । गाँउमा सडक पुगेपछि जीवनमा आएको प्रभाव चलचित्रमा देखाइएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  २ : ३९ बजे