२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


बोक्सीको घरले विवाहित अभिनेत्रीहरूका चलचित्र रुचाइँदैनन् भन्ने भाष्य तोड्योः स्वस्तिमा



२५ वैशाख । नायिका स्वस्तिमा खड्काले फिल्म ‘बोक्सीको घर’ ले अभिनेत्रीका विषयमा विद्यमान थुप्रै रुढिवादी चिन्तन तोडिएको बताएकी छिन्।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै स्वस्तिमाले ३० वर्ष उमेर पार भएकी अभिनेत्रीलाई दर्शकले पर्दामा हेर्न चाहँदैनन् भन्ने भाष्य तोडेको बताएकी छिन्।

उनले महिलाप्रधान चलचित्रहरू व्यावसायिक रूपमा सफल हुँदै हुँदैनन्, अभिनेत्रीहरूलाई पुरुष कलाकारको साथ चाहिन्छ चाहिन्छ र विवाहित अभिनेत्रीहरू चलचित्रमा रुचाइँदैनन् भन्ने रुढीवादी चिन्तनको जरामा आगो लगाइदिएको बताएकी छिन्।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ५ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।