५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गायिका मेनुकाको आँखामा कस्मेटिक प्रोथेस्टिक सर्जरी, दृष्टि भने फिर्ता नआउने



काठमाडौं
२५ वैशाख । गायिका मेनुका पौडेलको आँखामा ‘कस्मेटिक प्रोथेस्टिक’ भनिने कृत्रिम आँखा राखिएको छ ।

हालै तिलगंगा अस्पतालकी वरिष्ठ अकुप्लास्टिक सर्जन डा. पूर्णिमा राजकर्णिकार लगायतको समूहले कृत्रिम आँखा राखेको हो । ‘कस्मेटिक प्रोथेस्टिक’ राखिए पनि मेनुकाको दृष्टि भने फिर्ता नआउने भएको छ ।

कस्मेटिक प्रोथेस्टिक सर्जरीले बाहिरबाट हेर्दा आँखा राम्रो देखिने र चश्मा लगाउन नपर्ने मात्र हुने तर दृष्टी भने नफर्किने चिकित्सकहरुले बताएका छन् ।

अहिलेसम्म बनेको प्रविधिले मेनुकाको आँखामा दृष्टि फिर्ता ल्याउन नसक्ने तिलगंगाका चिकित्सक डा. सन्दुक रुइतले बताएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ६ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।