६ जेष्ठ २०८१, आइतबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेता सलोन बस्नेत र पत्नी करिश्माले सन्तान लाभ



काठमाडौं
२६ वैशाख । अभिनेता सलोन बस्नेत र पत्नी करिश्माले सन्तान लाभ गरेका छन् । बुधबार बिहान मेडिसिटी अस्पतालमा करिश्माले छोरीलाई जन्म दिएकी हुन् ।
अहिले आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था राम्रो रहेको सलोनका बुवा तथा निर्देशक शोभित बस्नेतले बताएका छन् ।
गतवर्षको मंसिर १२ गते सलोन र करिश्माको विवाह भएको थियो । बच्चा र आमा दुबैको स्वास्थ्य राम्रो रहेको अस्पताल श्रोतले जानकारी दिएको छ । करिश्मा एयर होस्टेस हुन् ।

 

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ३ : २२ बजे