६ जेष्ठ २०८१, आइतबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको फर्सिडोल र काठमाडौंको गौरीघाटमा आगलागी



२६ वैशाख । ललितपुरको फर्सिडोल र काठमाडौंको गौरीघाटमा आगलागी भएको छ ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका–२२ फर्सिडोलस्थित सहज न्यौपानेको भेगा फर्मास्युटिकल्स प्रालिमा रहेको मेसिनमा मंगलबार साँझ आगलागी हुँदा २ वटा मेसिन र मेसिनभित्र रहेको औषधि जलेर नष्ट भएको छ । क्षतिको विवरण हाल खुलेको छैन ।
काठमाडौंको महानगरपालिका–७ गौरीघाट चोकस्थित भारत दरबङ्गा घर भएका ६१ वर्षीय अरूण सिंहको टहरामा करेन्ट सर्ट भई बुधबार बिहान आगलागी भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
क्षतिको विवरण हाल खुलेको छैन ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  १२ : ४० बजे