१२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सुन तस्करी प्रकरणमा मुछिएका दुई जना ९८ लाखसहित पक्राउ



२८ वैशाख । प्रहरीले काठमाडौंको दरबारमार्गबाट ९८ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित पक्राउ शुक्रबार बिहान मालीगाउँबाट परेका २ जना यसअघि सुन तस्करीमा संलग्न भएको खुलेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २८ वर्षीय समीर सुनार र २९ वर्षीय मिलन विकलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । मिलन दोलखामा फेला परेको ११ किलो सुन प्रकरणमा मुछिएका व्यक्ति हुन् । उनको मुद्दा सम्पत्ति शुद्धीकरण विभागमा मुद्दा चलिरहेको छ । दुवै जनालाई सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउने प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनीहरुलाई बा १३ च ४८५८ नम्बरको गाडीमा स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ७ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।