११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीको बुढानीलकण्ठमा प्रधानाध्यापकसँग पदयात्रा



काठमाडौँ
२९ वैशाख । बुढानिलकण्ठको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आज ‘प्रधानाध्यापकसँग पदयात्रा’ आयोजना गरिएको छ । पदयात्राको सहजीकरण ‘बुष्टिङ बुढानीलकण्ठ’ नामक अभियानले गरेको थियो । पदयात्रामा शिक्षक, बुद्धिजीवी, पत्रकारलगायत गरी करिब एक सय ७० जनाको उपस्थिति थियो ।

अभियानकर्ता आशीष गुरागाईँले बुढानीलकण्ठलाई चिनाउन नै यो पदयात्रा आयोजना गरेको जानकारी दिएका छन् । उनका अनुसार पदयात्राको यो दोस्रो शृङ्खला हो । आगामी दिनमा पनि पदयात्राको श्रृखला जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै बुढानीलकण्ठबासीले राम्रो ठाउँहरु देखाउन चाहेको र नागरिकस्तरबाट कार्यक्रम सुरु गरिएको हो ।

भक्ति इन्टरनेशनल एकेडेमीका प्रधानाध्यापक नवराज भट्टले बुढानीलकण्ठको प्राकृतिक तथा साँस्कृतिक प्रवद्र्धन हुने उद्देश्य बोकेको यो पदयात्राले शिक्षक हुँदै विद्यार्थीसम्म पनि आफ्नो ठाउँको बारेमा बुझ्न सहयोगी हुने बताए ।

त्यसैगरी पदयात्रामा सहभागी बुढानीलकण्ठ नगर प्रहरी प्रमुख रमेशकुमार खतिवडाले यो पदयात्राले घुमघामसँगै आज उपस्थित भएका शिक्षकहरुको एकापसमा चिनाजान सँगै उनीहरुको अनुभव पनि साटासाट गर्ने मौका मिलेको बताए ।

पदयात्रामा सहभागी सरिता निरौलाले यस्ता खालका पदयात्राले एक त एकआपसमा सबैको चिनाजानी हुने र अर्को तर्फ यसका विभिन्न पर्यटकीय स्थलको पनि प्रबद्र्धन हुने बताइन् ।

बुढानीलकण्ठको धार्मिक, साँस्कृतिक तथा प्राकृतिक क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले पदयात्रा आयोजना गरिएको पदयात्रा बुढानीलकण्ठ मन्दिरबाट सुरू भएर शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्ज हुँदै पदयात्रा डाँडा गाउँसम्म गएर टुंगिएको थियो ।

 

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ३ : २२ बजे