२५ माघ २०८२, शनिबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बत्तीसपुतलीमा दुई समूहबीच झडप, एक युवकको मृत्यु,चार जना पक्राउ



३० वैशाख । काठमाडौं बत्तीसपुतलीमा दुई समूहबीच झडप हुँदा एक युवकको ज्यान गएको छ । मोरङ घर भइ बतीसपुतलीस्थित कुमारी मार्गमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको शनिबार साँझ हत्या भएको हो ।
दुई समूहबीचको झडपका क्रममा धिमालको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
धिमाललाई शनिबारसाँझ​ नै सिनामंगलस्थित केएमसी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । उनको कुमारी मार्गस्थित बीच बाटोमै हत्या भएको हो ।
शनिबार साँझ करिब ७ः३० बजे भएको उक्त घटनामा मोरङ घर भएकै २३ वर्षीय मनीष चौधरी पनि घाइते भएका थिए । उनी उपचारपछि डिस्चार्ज भएका छन् ।

घटनाको अनुसन्धानका लागि चार जनालाई पक्राउ गरिएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ३ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।