१ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राजधानीबाट ठगी आरोपमा चार जना पक्राउ



काठमाडौँ
३० वैशाख । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारमा विभिन्न देशमा पठाइदिने भनी रु ७३ लाख ५० हजार ठगी गरेको आरोपमा राजधानबिाट चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर बस्तीपुर १९ घर भई हाल काठमाडौँ आरुबारी बस्ने ३० वर्षीय निमा रिञ्जिन, ललितपुर महानगरपालिका–९ ईमाडोल बस्ने ५५ वर्षीय प्रकाश बज्राचार्य, सोही ठाउँकी ५६ वर्षीया कल्पना बज्राचार्य तथा रामेछाप मन्थली नगरपालिका–९ स्थायी घर भई हाल काठमाडौँ गोकर्णेश्वर–५ जोरपाटी बस्ने ३४ वर्षीया चन्द्रमाया थापा छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार पक्राउ परेकाहरुमध्ये रिञ्जिनले निराजन केसीसमेत १० जनालाई बेलायत पठाइदिने भन्दै रु ५६ लाख ५० हजार ठगी गरेका थिए । त्यसैगरि प्रकाश बज्राचार्य एवं कल्पना बज्राचार्यले नरेश महर्जनसमेत दुई जनालाई क्यानडा पठाइ दिने भन्दै रु १५ लाख तथा चन्द्रमाया थापा कार्कीले राकेश ओझालाई स्पेन पठाइ दिने भन्दै रु दुई लाख लिएको उजुरी दिएका थिए । सोही उजुरीको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

आरोपितहरुलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको प्रवक्ता रेग्मीले जानकारी दिएका छन् ।

 

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  २ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।