१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


शताव्दी पुरुष सत्यमोहन जोशीको तस्विर सगरमाथामा पु¥याएको भन्दै महर्जनलाई सम्मान



काठमाडौ
३१ वैशाख । शताव्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीको तस्वीरलाई सगरमाथाको चुचुरोमा पुयाएको भन्दै आरोही कल्पना महर्जन सम्मान गरिएको छ ।
बाङमय शताव्दी पुरुष, लोकसाहित्यकार डा सत्यमोहन जोशीको एक सय पाँंचौं वर्षको जन्मजययन्तीको सप्ताहव्यापी समापन कार्यक्रममा राजधानीमा लोकसाहित्य परिषद् बखुबहाल ललितपुरद्धारा आयोजित कार्यक्रममा वागमति प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र बज्राचार्यले महर्जनलाई सम्मान गरेका हुन् ।
कार्यक्रमको क्रममा विभिन्न लेखकहरुद्धारा लिखित ६ वटा पुस्तकहरुको पनि विमोचन गरिएको थियो । सगरमाथा आरोही महर्जनले पछिल्लो पटकको सगरमाथा आरोहणमा स्वर्गीय सत्यमोहन जोशीको तस्वीर लिएर सगरमाथाको चुचोरोमा पुरयाएका थिए । आरोही महर्जन पत्रकार पनि हुन् ।
ललितपुर नगरपालिकाको वखुंबहालस्थित शताब्दी पुरुषकै निजी निवास परिसरमा निर्मित लोकसाहित्य परिषदको कार्यालय भवनकै प्राङ्गणमा कार्यक्रम भएको थियो ।
एक साता अगाडिबाट प्रारम्भ भएको जन्मजयन्ती समारोहमा कविता, बाल कविता, बाल कथा, बाल चित्रकला, चित्रकला प्रदर्शन आदि कार्यक्रमहरु ग्रिएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ४ : ३५ बजे