१ जेठ । काठमाडौं महानगरपालिका–४ सुकेधारामा भेटिएको शवको पहिचान खुलेको प्रहरीले जानकारी दिएको छ । मृतक खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ घर भएका ४४ वर्षीय भीषण गिरी रहेको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।
सुकेधारा चोकको रोयल मार्बल नजिकैकको सडकको नालामा उनी मृत अवस्थामा मंगलबार बिहान फेला परेकी थिइन । नालामा घोप्टो परेको अवस्थामा शव भेटिएको थियो ।
गिरीका आफन्त समेत प्रहरीको सम्पर्कमा पुगिसकेका छन् । उनको मृत्युको कारण खुलिसकेको छैन । घटनास्थल मुचुल्काको काम सकेर शव पोष्ट मार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ । गिरीको निधारमा दुई इन्च लामो खत समेत फेला परेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया