१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘मोदीबेनी’ १८ गतेदेखि प्रदर्शन



काठमाडौँ
१ जेठ । चलचित्र ‘मोदीबेनी’ १८ गतेदेखि प्रदर्शन हुने भएको छ ।
अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको शङ्कर कोइरालाको डेब्यु निर्देशनमा तयार भएको हो ।

चलचित्रमा वर्षाको जोडी भएर नव–अभिनेता अमन प्रताप श्रेष्ठ प्रस्तुत छन् । रेजिना उप्रेती, प्रवीण खतिवडा, सरोज खनाल, दीलिप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस लगायतको पनि चलचित्रमा अभिनय गरेका छन् ।
अभिनेत्री रेजिनाले यो चलचित्रबाट लगभग १२ वर्षपछि कमब्याक गरेकी हुन् ।
पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा चलचित्रमा आधारित छ । आनन्द बिक्रम क्षेत्रीको लेखन रहेको चलचित्रका सह–निर्माता हरि श्रेष्ठ हुन् । चलचित्रको काभ्रे र मोदीबेनी क्षेत्रमा छायांकन गरिएको हो ।

वितरक कम्पनी एफडी कम्पनी र रिच इन्टरटेनमेन्टसँग निर्माताको लिखित सम्झौतापछि प्रदर्शन मिति घोषणा गरिएको हो ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ३ : ४२ बजे