१३ जेष्ठ २०८१, आइतबार | Sun May 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


कलंकीमा बसको ठक्करपछि बृद्धको मृत्यु



२ जेठ । काठमाडौंको कलंकीमा बसको ठक्करपछि एक बृद्धको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित सडकमा बा.५ ख २९६७ नम्बरको बसको ठक्करबाट पैदलयात्री एक बृद्धलाई ठक्कर दिएको थियो ।
हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूषको बुधबार बिहान उनको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ४ : १० बजे