१३ मंसिर २०८१, बिहिबार | Fri Nov 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कीर्तिपुरमा २ समूहबीच खुकुरी हानाहान, १ घाइते, ९ पक्राउ



४ जेठ । कीर्तिपुर नगरपालिकामा २ समूहबीच झगडा हुँदा १ जना घाइते भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार जेठ २ गते साँझ ७ बजे कीर्तिपुर नगरपालिका १० नयाँबजारमा तपेन्द्रराज खाती र धनेश्वर खड्काको समूहबीच खुकुरी हानाहान भएको हो।
तपेन्द्रराज र धनेश्वरबीचको पुरानो रिसइबीका कारण दुई समूहबीच झडप भएको हुनसक्ने प्रहरीको भनाइ छ।

दुई समूहबीच झडप हुँदा तपेन्द्रराज खातीले कीर्तिपुर नगरपालिका-१० चिट्टुबिहार घर भएका २४ वर्षीय साजिस श्रेष्ठलाई खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ।

खुकुरी प्रहारबाट श्रेष्ठको बाँया हातमा पूर्ण क्षति पुगेको बताइएको छ। खाती कैलालीको घोडाघोडी नगरपालिका–१० घर भइ च्यासल बस्दै आएका छन्।

खुकुरी हानाहान गरेको आरोपमा ९ जनालाई पक्राउ परेका छन्। बागमती प्रदेश-०२-०४० प ४०४७ नम्बरको होण्डा हर्नेट मोटरसाइकल र अल्फाबेट नखुलेको ८४०२ नम्बरको पल्सर मोटरसाइकल चढेर केही व्यक्ति फरार रहेको भन्ने खबर प्राप्त भएपछि अनुसन्धानमा खटिएको टोलीले ९ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा अछामको बिरपद गाउँपालिका–१ घर भई कीर्तिपुर बस्दै आएका मोहन खड्का, अछाम कमलबजार–१ घर भइ गट्ठाघर बस्दै आएका धु्रवबहादुर विष्ट, बझाङको दुर्गाथली गाउँपालिका–७ घर भइ पुतलीसडक बस्दै आएका उपेन्द्र सिंह, बझाङको खप्तड गाउँपालिका–५ घर भइ मैतीदेवी बस्दै आएका वर्षीय सुदिप गिरी छन्।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  १० : ४९ बजे