१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरबाट हेटौंडातर्फ यात्रारत कार कान्तिलोकथको ठिङ्गनमा दुर्घटना, तीन जना घाइते



५ जेठ । काठमाडौं आउने जाने सडक कान्तिलोकथको ठिङ्गनमा कार दुर्घटना, तीन जना घाइते भएका छन् ।
मकवानपुर प्रहरीका अनुसार ललितपुरबाट हेटौंडातर्फ आउँदै गरेको कार कान्तिलोकपथ सडकखण्ड अन्तरगत बकैया– १२ ठिङ्गनामा मकवानपुरको बकैया गाउँपालिकाको कान्तिराजपथ सडकमा कार दुर्घटना भएको हो ।
ग३च ९४७५ नम्बरको कारमा यात्रा गरिरहेका बारा निजगढ नगरपालिका वडा नम्बर ६ बस्ने ३० वर्षको सन्दिप शाह, रौतहट मौलापुर नगरपलिकका ६ बस्ने १७ वर्षका विबेक शाह, भिमफेदी गाउपालिका वडा नम्बर ८ बस्ने ६५ वर्षका प्रेम बहादुर ब्लोन घाइते भएका छन् ।
उनीहरुलाइ उपचारको लागि हेटौंडा ल्याइएको प्रहरीको भनाई छ । दुर्घटना सम्बन्धि विस्तृत विवरण आउन बाँकी छ ।

दुर्घटनापछि कार सडकमुनि पुगेको छ भने कार क्षत विक्षत अवस्था रहेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार  ५ : ३५ बजे