७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गृहमन्त्री रवि लामिछानेले संसदमा उभिएर बोल्न पाउने



काठमाडौं
६ जेठ । लामो समयदेखि गृहमन्त्री रवि लामिछानेलाई सहकारीको रमक अपचलनमा संलग्न रहेको आरोप लगाउदै संसद अवरुद्ध गरेको नेपाली काँग्रेसलगायतका विपक्षी दलहरुले अन्ततः उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने भएका छन् ।
संसद अवरुद्ध गरिरहेको अवस्थामा गृहमन्त्री लामिछानेले संसदमा आफूले बोलेर आरोपको खण्डन गर्न चाहेका थिए तर पिवक्षाी दलहरुले दिएका थिएनन् ।
संसद भवनमा बसेको बैठकमा गृहमन्त्री लामिछानेलाई बोल्न दिने निर्णय गरेको कांग्रेस नेता अर्जुनरसिंह केसीले जानकारी दिएका छन् ।
यद्यपी संसदमा कसलाई बोल्न दिने नदिने अधिकार सभामुखको हुन्छ । सभामुखको आदेशबीना संसदमा कुनै पनि कृयाकलाप गर्न नपाउने संसदीय अभ्यास रहि आएको छ ।
बाहिर कांग्रेसले गृहमन्त्रीलाई बोल्न नदिएको भाष्य निर्माण भएको भन्दै उनले आजको संसदको बैठकमा बोल्न दिने बताए ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  ६ : १२ बजे