१३ मंसिर २०८१, बिहिबार | Fri Nov 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नक्कली लेवलिङ गरेको २४१ थान कम्युटरसहित न्युरोडबाट २ जना पक्राउ



६ जेठ । नक्कली लेवलिङ गरेर कम्प्युटर मनिटर बेचबिखन गरेको आरोपमा प्रहरीले काठमाडौँबाट २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्मा घर भएका २२ वर्षीय तुसार अग्रवाल र न्युरोडमा पसल सञ्चालन गर्ने उमेश मुडभरी छन् ।

सादा मनिटरमा उनीहरुले डेल कम्पनीको लोगो टाँसेर बेच्ने गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । काठमाडौँ महानगरपालिका–२२ स्थित भोटेबहालमा अग्रवालले सञ्चालन गरेको गोदामबाट २५३ थान र न्युरोडस्थित मुडभरीको पसलबाट ६ थान मनिटर प्रहरीले बरामद गरेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  १० : ०१ बजे