१३ मंसिर २०८१, बिहिबार | Fri Nov 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मेयर बालेनले भने,‘नियममा बस्ने कर्मचारी र महानगरवासीको आत्मसम्मान हुन्छ’



७ जेठ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नियम, कानुन र भूमिकामा बस्ने कर्मचारीको र महानगरवासीको आत्मसम्मान हुने बताएका छन् । काठमाडौँ महानगरका फोहोरको गाडी चलाउने चालक स–सम्मान छुटेपछि सोमबार सामाजिक सञ्जालमा लेख्दै मेयर शाहले कर्तव्य निभाई रहेका आफ्ना कुनै कर्मचारीको अपमान भएको महानगरले नसहने बताएका हुन् ।
उनले लेखेका छन्,‘फोहोरको गाडी चलाउने चालकलाई स–सम्मान छोडेको खबर पाए । जो कोहीले यत्ति बुझ्नुहोला– पदमा तलमाथि होला, भूमिकामा तलमाथि होला । तर नियम, कानुन र भूमिकामा बस्ने हरेक कर्मचारीको, हरेक महानगरवासीको आत्मसम्मान हुन्छ । त्यसमा कसैले सम्झौता गर्न पाइँदैन । काठमाडौँ महानगर यसमा संवेदनशील छ । अझ आफ्नो कर्तव्य निभाई रहेका आफ्ना कुनै कर्मचारी अनाहकमा अपमान महानगरले सहँदैन । बुझेर कदम चाल्नुहोला ।’
काठमाडौं महानगरको फोहोर बोकेर माओवादी पार्टी कार्यालय पेरिसडाँडा जाँदै गरेका ४ वटा गाडी प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसपछि मेयर शाहले गाडी र चालकलाई पक्राउ गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए । मेयर शाहले चालक रिहा नभएसम्म सिंहदरबारलगायत सबै पार्टी कार्यालय र नेताहरूको घरको फोहोर नउठाउने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  ५ : १९ बजे