२९ असार २०८३, सोमबार | Mon Jul 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पशुपतिको भेटी चोर्ने कोषकै कर्मचारी, ८ जना पक्राउ



७ जेठ । पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित ८ जना रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

सीसी क्यामेराबाट उनीहरुको चोरी पत्ता लागेको अधिकारीले बताए ।‘पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गर्दै गर्दा सीसी क्यामेरामा हेर्दा देखिएपछि कोषका कर्मचारी परियारसहित आठ जनालाई पक्राउ गरी छानबिनका लागि अहिले प्रहरी वृत्त गौशाला पठाइएको छ’ उनले भने ।

परियार पशुपतिमा बाजा बजोउने कर्मचारी हुन् । पक्राउ परेका परियारले कोषकै केही पदाधिकारीले भेटी चोरी गर्न लगाएको बयान दिएको प्रवक्ता अधिकारीको भनाइ छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  ३ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।