४ असार २०८१, सोमबार | Tue Jun 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं थलीमा वावु मृत फेला, छोरा फर्पिङमा घाइते



काठमाडौं
८ जेठ । काठमाडौंको थलीमा भक्तपुर नगरपालिका–७, छालिङ घर भएका ५२ वर्षीय कृष्ण नगरकोटी शंकास्पद रुपमा मृत फेला परेका छन् भने उनकै छोरा काठमाडौंको फर्पिङमा घाइते अवस्थामा उद्दार गरेको छ । प्रहरीले घाइतेको नाम भने सार्वजनिक गरेको छैन ।
कागेश्वरी मनोहरा नगरपालिका–५, थलीमा मंगलबार बिहान मृत फेला परेका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा थलीमा कृष्ण नगरकोटीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको देखिएको छ ।

मंगलबार बिहान थलीको उकालोमा शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुग्दा कालो कपडाले मुख छोपेको र रगत बगिरहेको देखिएको थियो ।
शहरको एउटा कुनामा वावु शंकास्पद मृत फेला पर्नु र अर्को कुनामा छोरा घाइते फेला परेपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  ५ : ५१ बजे