१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेता प्रदीप खड्का नेटफ्लिक्स स्टार जेमी बेकनसँग अभिनय गर्दै



८ जेठ । अभिनेता प्रदिप खड्का नेटफ्लिक्स स्टार जेमी बेकनसँग अभिनय गर्ने भएका छन् ।
हलिउड म्यागजिन डेडलाइनमा उल्लेख भए अनुसार नेटफ्लिक्स स्टार जेमी बेकन निर्देशक प्रदीप शाहीले निर्देशन गर्ने चलचित्र ‘एक्लो’मा काम गर्ने भएका छन् ।
जेमी बेकनले समाचारको ‘स्क्रिनसट’ आफ्नो इन्स्टाग्राममा पोष्ट गरेर नेपाली चलचित्रमा देखिने पुष्टि गरेका हुन् ।
नेटफ्लिक्स स्टार जेमी बेकन स्क्रिप्ट राइटर समेत हुन् । उनले ‘इनटू द मिरर’ र ‘द फिस इज मी’ स्क्रिप्ट लेखेका छन् भने ‘द होर्डर’ र ‘फादर ब्राउन’मा अभिनय गरेका छन् ।
चलचित्रमा अन्तरिक्ष यात्रा, गुफाभित्रको शहर र महामारीको कथामा आधारित रहने बताइएको छ । चलचित्र आगामी बर्ष प्रर्दशनको लक्ष्य राखिएको छ ।
नेपाल र वेलायतको चलचित्र सहकार्यका लागि बेकन तयार रहेको विभिन्न सञ्चारमाध्यमहरुले उल्येख गरेका छन् । उनले चलचित्रमा लगानी समेत गर्ने बताइएको छ । नेपाल दक्षिण एशियाको राम्रो छायांकन स्थल रहेको र यसलाई वेलायती चलचित्र उद्योगसम्म पु¥याउन बेकनको भूमिका हुनसक्ने आकलन गरिएको छ ।
चलचित्र कार्यकारी निर्माता क्षितिज सुवेदी खत्री हुन् ।

चलचित्रमा प्रदीप र जेमीसहित बेनिशा हमाल, सुनिल थापा, विजय लामा, दीया पुन, कविता नेपाली, एवनराज उप्रेती लगायतको पनि अभिनय रहनेछ ।
चलचित्रका लागि नेपालमै पहिलोपटक अन्तरिक्ष रकेट सुटको निर्माण भइरहेको छ ।

 

 

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  ६ : १५ बजे