७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गृहमन्त्री लामिछानेको अधिकांश सम्पत्ति श्रीमतीको नाममा



७ जेठ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । गृहमन्त्री लामिछानेले मंगलबार आफ्नोसहित श्रीमती निकिता पौडेलको पनि सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले बुझाएको सम्पत्ति विवरणमा पत्नी निकिता पौडेलको नाममा बूढानीलकण्ठ वडा नम्बर ८ मा ५ आना जग्गा रहेको उल्लेख छ ।

उक्त जग्गा तीन करोड ७५ लाख रुपैयाँमा खरिद गरिएको उल्लेख छ । पारिश्रमिकबाट यो जग्गा किनेको उल्लेख छ । हाल काठमाडौं महानगरपालिका वडा नम्बर ६ स्थायी घर भएका गृहमन्त्री लामिछानेले भक्तपुरमा १ रोपनी १ आना पैतृक सम्पत्ति देखाएका छन् ।

सम्पत्ति विवरणमा गृहमन्त्री लामिछानेले करिब ८० तोला सुन रहेको उल्लेख गरेका छन् । यो अधिकांश बुवाआमाबाट र केही खरिद गरिएको उल्लेख गरेका छन् । चाँदीका भाडाकुँडा १५ देखि २० केजीसम्म रहेको उल्लेख छ ।

विवरणअनुसार लामिछानेको ग्लोबल आइएमई बैंकमा पाँच हजार र नेपाल बैंक लिमिटेडमा एक लाख पाँच हजार चल नगद रहेको उल्लेख छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  १२ : ०५ बजे