२५ माघ २०८२, शनिबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काभ्रेमा हम्मरले हानेर श्रीमान्–श्रीमतीको हत्या



९ जेठ । काभ्रेपलान्चोकको महाभारत गाउँपालिका–४ मा श्रीमान्-श्रीमतीको हत्या भएको छ। महाभारत गाउँपालिका–४ महादेवटारका ६० वर्षीय मानबहादुर बल र उनकी ५० वर्षीया श्रीमती केकाइमाया बल घरभित्रै मृत फेला परेका थिए। उनीहरूको टाउकोमा हम्मरले हानेर हत्या गरेको अवस्थामा शव फेला परेको महाभारत गाउँपालिका–४ का वडाध्यक्ष विशाल मोक्तानले जानकारी दिए।

उनका अनुसार घटनास्थलमा पाँच किलोको हम्मर भेटिएको छ। बल दम्पतीले गाउँमा पसल सञ्चालन गर्दै आएका थिए। बल दम्पतीका दुई छोरा र एक छोरी काठमाडौंमा बस्दै आएको वडाध्यक्ष मोक्तानले बताए।

घटनापछि इलाका प्रहरी कार्यालय देवीटार,प्रहरी चौकी फोक्सिङटारको प्रहरी टोली घटनास्थल पुगेको छ। अहिले अनुसन्धान जारी रहेको काभ्रे प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  ४ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।